व्यवसायमैत्री राजश्व प्रणाली लागू गर्नेतर्फ सधै क्रियाशिल छौँ: अर्थमन्त्री खतिवडा

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अनुभवयोग्य, व्यवस्थित र व्यवसायमैत्री राजश्व प्रणाली लागू गर्नेतर्फ सधै क्रियाशिल रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चूनौतीबारे व्यवसायिक क्षेत्रको अवधारणा’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले हाल छलफलको चरणमा रहेको राजश्व चुहावट तथा नियन्त्रणसम्बन्धी विधेयक उपर चर्चा गर्दै कृषिको उत्पादकत्व वृद्धि गर्न व्यापार व्यवसाय बढाउन कृषि सामग्रीको आयातमा अर्गानिक सर्टिफिकेशन, शीतगृहको निर्माण, सहजीकरण, पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्न र यसका लागि बुँदागत रुपमा प्रस्ताव सुझाब पेश गर्न अनुरोध गरे ।

उनले पर्यटन वर्ष २०२० को सन्दर्भमा चेम्बरले उठाएको ल्याडिङ कष्ट, ग्राउण्ड ल्याडिङ चार्ज र हवाई इन्धनको मूल्य पठाउने बारेमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउँदै ९५ प्रतिशत निजी क्षेत्रको भूमिका रहेको पर्यटन क्षेत्रले परिणाम दिने अवधी समेत कम भएको उल्लेख गरे । विद्युत शक्तिको प्रयोग हुने गरी ऊर्जाको प्रयोगमा परावर्तन हुने भएको हुँदा त्यसतर्फ जोड दिनुपर्ने धारणा राख्दै उनले खानीको उचित प्रयोग गर्न ४५ प्रतिशत शेयर निजी क्षेत्रलाई दिन धवादीको खानीमा लगानी गर्न आह्वान समेत गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले होटल उद्योग, ट्राभल एजेन्सी तथा टुरिजम भेहिकलको लागि डिजेल ग्यास अति आवश्यक वस्तु भएको तर आर्थिक ऐन २०७६ ले ईन्धनमा कर कट्टी गर्न नपाइने व्यवस्था गरेको हुनाले मु।अ।कर को सिद्वान्त विपरित रहेको दर्शाए । उनले पर्यटन प्रवद्र्धनका निम्ति ट्राभल एजेन्सी र होटलका लागि आयात गरिएका बस, गाडीहरु र यी व्यवसायमा उपयोग हुने अन्य सरसामानहरुको आयातमा कर महशुल दरमा सहुलियत दिइनु पर्ने कुरामा जोड दिए ।

अध्यक्ष श्रेष्ठले राजश्व चुहावट नियन्त्रण गर्न कठोर ऐन प्रस्तावित भएकोले आर्थिक अपराधमा आर्थिक जरिवाना मात्र हुनुपर्नेमा भूलवश हुन गएको अपराधमा समेत कैद सजायको व्यवस्थाले नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण समाप्त गर्ने नै हो कि भन्ने निजी क्षेत्रको निक्र्यौल रहेको स्पष्ट पारे ।

कार्यक्रममा चेम्बरका पदाधिकारी, चेम्बरका सदस्य, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, तयारी पोशाक उद्योग, संघ, जिल्ला,नगर चेम्बर अफ कमर्स, एक्सपोर्ट काउन्सिल अफ नेपाल, अटोमोबाइल्स एशोसिएसन, यातायात व्यवसायी, साना तथा घरेलु उद्योग महासंघ लगायत अन्य सम्बन्धित÷उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट