अलविदा वरिष्ठ कलाकार सुभद्रा अधिकारी

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपाली चलचित्र जगतकी वरिष्ठ कलाकार सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । केही समय अघिदेखि दम रोगबाट ग्रसित अधिकारीको बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी २००३ सालमा काठमाडौंको असनमा जन्मेकी थिइन् । पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी अधिकारीले ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ ९काँचो माटो० बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

उनले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उनले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट