रिपोर्टर नेपाल समाचार
काठमाडौं, ६ जेठ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढीलगायतका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित बनेको छ ।
आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियस, धनगढीको ४० डिग्री सेल्सियस, जनकपुरको ३९ दशमलव २ डिग्री सेल्सियस, बिराटनगरको ३६ दशमलव २, भैरहवाको ३८ दशमलव ८ डिग्री सेल्सियस र धरानको ३४ डिग्री सेल्सियससम्म पुगेको थियो ।
गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ ।
यसैबीच सोमबार बेलुका देशको पहाडी भेगमा बद्ली भई मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशको अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद् बरुण पौडेलले बताए।
गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् । उनीहरुले आफूलाई चाहिने सामानको जोहो बिहान र बेलुकाको समयमा गर्ने गरेका छन् । ४र५ दिन यता पानी नपरेका कारण गर्मी झनै बढेको छ ।