रिपोर्टर नेपाल समाचार
काठमाडौं, २० वैशाख । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १/१ रुपैयाँ मूल्य बढाइएको छ । मूल्य बढेपछि शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपियाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपियाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ ।
आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्यरुपमा बढेकाले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।