एजेन्सी
कोलम्बो । श्रीलंकामा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । श्रीलंकामा आइतबार ३ वटा चर्च तथा ३ वटा फाइभस्टार होटलमा श्रृंखलाबद्ध विस्फोट गरिएको थियो ।
प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जना श्रीलंकाली नागरिकलाई पक्राउ गरेको छ । श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २ सय ९० पुगेको छ भने पाँच सयभन्दा बढी मानिस घाइते भएका छन् ।
मृतकमा ३६ विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका २४ जनासँग सोधपुछ भइरहेको जनाइएको छ । विस्फोट कसले गराएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन ।