राजेशपायलले ल्याए ‘दर्शन नमस्ते-४’

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार

काठमाडौं । नेपाली गायन क्षेत्रमा ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल राईको ‘दर्शन नमस्ते’ शृंखलाअन्तर्गतको नयाँ एल्बम ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरिएको छ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच गायक राईले आफ्नो १९औँ एल्बमका रुपमा ‘दर्शन नमस्ते–४’ सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बम ‘दर्शन नमस्ते–४’ मा ‘टाइटल’ गीत नै ३ वटा तथा मोहनी, केकी, तिमी बिना र यी दुःखहरु बोलका गरी ७ वटा गीत समावेश छन्।

उक्त गीतहरुमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शब्द रचना र उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ।

वरिष्ठ संगीतकर्मी तथा कलाकार भैरवबहादुर थापाले एल्बमलाई सार्वजनिक गर्दै गायक राईलाई अझ सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट