एसपी बिष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

कञ्चनपुर, १० चैत । जिल्ला अदालत कञ्चनपुरले पूर्व एसपी डिल्लीराज बिष्टलाई साढे १० लाख धरौटी बुझाएर रिहा हुन पाउने फैसला सुनाएको छ ।

निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट पारेको र यातना दिएको मुद्दामा बिष्टलाई प्रमाण नष्ट पारेको मुद्दामा चार लाख ५० हजार र यातना दिएको मुद्दामा ६ लाख गरी साढे १० लाख धरौटी तोकिएको हो।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले उक्त फैसला सुनाएको हो । धरौटी बुझाएपछि बिष्टलाई रिहा गर्न आदेश भएको पनि श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

निर्मलाकी आमा दुर्गादेवीले एसपी बिष्टसहितका आठ प्रहरीविरुद्ध प्रमाण नष्ट पारेको र विभिन्न व्यक्तिलाई यातना दिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

निर्मला प्रकरणमा थुनछेक बहस सकियो, एसपी बिष्ट प्रहरी हिरासतमै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट