निर्मला प्रकरणमा थुनछेक बहस सकियो, एसपी बिष्ट प्रहरी हिरासतमै

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

कञ्चनपुर, ८ चैत । निर्मला पन्तको बलात्कार तथा हत्याको प्रमाण नष्ट गरेको आरोप लागेका पूर्व एसपी डिल्लीराज बिष्टको थुनछेक बहस सकिएको छ।

निर्मलाकी आमा दुर्गादेवीले एसपी बिष्टसहितका आठ प्रहरीविरुद्ध दिएको सार्वजनिक न्याय कसुर मुद्दामा शुक्रबार पक्ष विपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए।

थुनछेक बहस सकिए पनि समय अभावले शुक्रबार आदेश जारी गर्न नसकिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

आदेश जारी नभएपछि पूर्व एसपी बिष्टलाई प्रहरीकै जिम्मा लगाइएको छ। अब आइतबार मात्रै आदेश जारी हुनेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट