मिस्टर एण्ड मिस रोट्राक्टको फाइनल फागुन २५ मा

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा मिस्टर एण्ड मिस रोट्राक्ट प्रतियोगीताको फाइनल फागुन २५ गते हुने भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने प्रतियोगिताको मुख्य अतिथीका रुपमा रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर रो. चिन्तामणी भट्टराई रहने छन् । देशका ५ मुख्य शहरमा गत माघ १२ गते सम्पन्न भएको अडिसनमा करिब २०० सहभागीबाट ७७ जना दोस्रो चरणका लागि छानिएका थिए ।

उक्त चरणबाट फेरि १८ पुरुष र १८ महिला गरी ३६ प्रतियोगी फाइनलका लागि छानिएका थिए । युनिक्याम्पस ग्लोबल, आरबी डायमन्डस, टर्किस् एयरलाइन्स र सक्सेस ट्रेडिडले मुख्य प्रायोजन गरेको कार्यक्रम लाई नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेड, डिश होम, मदर्श आर्म चाइल्ड केयर,काठमाडौं प्याराग्लाइडिङ र भायनेटले पनि सहयोग गरेका छन्।

विजेताले रोटरी नेपालको साक्षरता अभियानको दूत भई विभिन्न कार्यक्रममा सहभागी भएर काम गर्न पाउने छन् ।

‘दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्ट’को अडिसन सम्पन्न


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट