‘दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्ट’को अडिसन सम्पन्न

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

काठमाडौं । नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिसन सम्पन्न भएको छ । रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडकस्थित यूनिक्याम्पस ग्लोबलमा अडिसन सम्पन्न भएको हो ।

५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता
अडिसनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्वजनिक गर्नेछ । शनिबार काठमाडौं, पोखरा, भैरहवा, इटहरी र चितवनमा एकै समयमा अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ । अडिसनमा जम्मा २०० जनाको सहभागिता रहेको थियो ।

देशैभरबाट ७२ प्रतिस्प्रर्धी छनौट हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फागुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने आयोजकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट