टी-२० बरीयताको अलराउन्डरमा पारस ४०औँ स्थानमा

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

काठमाडौं । युएईविरुद्धको टी-२० सिरिज नेपाललाई जिताउन उत्कृष्ट खेलेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आइसिसी बरीयताको अलराउन्डरको उत्कृष्ट ४० स्थानभित्र पर्न सफल भएका छन्।

पारसले टी-२० बरीयताको अलराउन्डरमा फड्को मार्दै ७६ रेटिङ अंकसहित ४० स्थानमा परेका हुन् । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरीयता अनुसार पारस पहिलो पटक टी-२० को अलराउण्डर बरियताको शीर्ष ४० भित्र परेका हुन् ।

टी-२० अलराउन्डरको शीर्ष स्थानमा बंगलादेशका सकिब अल हसन, दोस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी र तेस्रो स्थानमा बंगलादेशकै मोहमुदुल्लाह छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट