रिपोर्टर नेपाल समाचार
काठमाडौं । दर्जनौ नेपाली चलचित्रमा काम गरेका चर्चित कलाकार बीएस राणाको उपचारको क्रममा निधन भएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि काठमाडौंको टिचिङ अस्पतालमा भर्ना गरिएका राणाको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
राणाले ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका दर्जनौ नेपाली चलचित्रमा काम गरेका थिए ।