एजेन्सी
ढाका । बंगलादेशमा आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा विजयी भएकी छन् ।
निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि चुनिएकी छन् । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ ।
यता बंगलादेश नेशनल पार्टी (बीएनपी)ले चुनावमा सरकारले धाँधली गरेको आरोप लगाउँदै निर्वाचन परिणामलाई अस्वीकार गरेको छ ।
बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग समेत गरेको छ ।