विश्वव्यापी शारीरिक सुगठनमा स्वर्णपदक जितेका महर्जन स्वदेश फिर्ता

प्रकाशित मिति: १० पुष २०७५, मंगलवार

काठमाडौं । थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई स्वदेशमा भब्य स्वागत गरिएको छ।

डिसेम्बर १५ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा महेश्वरले पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो ।

प्रतियोगिता जितरे नेपाल फर्केका महर्जनलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल खेलकुद परिषदका पदाधिकारी, खेलाडी तथा खेलकुदप्रेमीहरुले स्वागत गरेका हुन्।

उनी स्वदेश फर्किन लागेको खबर पाएर दर्जनौं शुभेच्छुकहरु राष्ट्रिय झण्डासहित महर्जनको स्वागतमा विमानस्थल पुगेका थिए ।

नेपाल खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सनाले महर्जनलाई शारीरिक सुगठनका माध्यमबाट विश्वमै नेपालको नाम राख्न सफल भएको भन्दै महर्जनको प्रशंसा गरे।

बडीबिल्डिङमा नेपालका महेश्वर महर्जनले जिते विश्वस्तरमा स्वर्ण


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट