बडीबिल्डिङमा नेपालका महेश्वर महर्जनले जिते विश्वस्तरमा स्वर्ण

प्रकाशित मिति: १ पुष २०७५, आईतवार

काठमाडौं । थाइल्यान्डको चाङमईमा भइरहेको १०औँ विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा नेपालका महेश्वर महर्जनले स्वर्णपदक जितेका छन् ।

१२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए । महेश्वरले शनिबार साँझ १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोटर्स च्याम्पियनशिपमा पुरुष ७५ केजी स्वर्ण जितेका हुन् ।

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५०औँ एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडीबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३औँ संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।

थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१०औँ विश्व बडीबिल्डिङ फिजिक स्पोटर्स च्याम्पियनसीप’ मा नेपालबाट मानन्धसहित दुई खेलाडीले भाग लिएका थिए । ‘फिटनेस एन्ड फिजिक्स’ विधामा १७० सेन्टिमिटर उचाई समुहमा बिमल श्रेष्ठले भाग लिएका थिए । उनी ७ राष्ट्रको समूहमा चौंथो भए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट