भोली प्रदेश प्रमुख तोक्ने तयारी गर्दै सरकार

प्रकाशित मिति: २३ पुष २०७४, आईतवार

काठमाडौं, २३ पुस । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले भोली बस्ने मन्त्रीपरिषद् बैठकले सबै प्रदेश प्रमुख तोक्ने जनाएका छन् । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको जनाएका हुन् ।

संविधान विपरित गएर प्रदेशको राजधानी भने सरकारले तोक्न नमिल्ने मन्त्री थापाले प्रष्ट्याएका छन् । उनले संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट