प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

काठमाडौं, १८ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै राष्ट्रिय सभा निर्वाचनको मिति तत्काल तोक्न र प्रदेश प्रमूखको नियुक्ति राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकार र निर्वाचन आयोगले विलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न र राजनीतिक सहमति गरेर मात्र प्रदेश प्रमूख नियुक्त गर्न अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

यता प्रधानमन्त्री देउवाले छिट्टै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट