रिपोर्टर नेपाल समाचार
काठमाडौं, १८ पुस । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै निर्वाचन प्रचारप्रसारका बेला विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका प्रचारप्रसारका सामग्रीहरु हटाउन निर्देशन दिएको छ ।
गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दलहरुले प्रचारका क्रममा राखेका पोस्टर, तुल, व्यानरलगायतका सामग्रीहरु अहिलेसम्म नहटाएपछि आयोगले सूचना मार्फत त्यस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।
आयोगले प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्रीहरु हटाइ उक्त स्थानहरुलाई पूर्ववत अवस्थामा कायम राख्न निर्देशन दिएको हो ।