निर्वाचनका बेला प्रयोग गरिएका प्रचारप्रसार सामग्री हटाउन आयोगको निर्देशन

प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै निर्वाचन प्रचारप्रसारका बेला विभिन्न सडक, गल्ली तथा स्थानमा राखिएका प्रचारप्रसारका सामग्रीहरु हटाउन निर्देशन दिएको छ ।

गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दलहरुले प्रचारका क्रममा राखेका पोस्टर, तुल, व्यानरलगायतका सामग्रीहरु अहिलेसम्म नहटाएपछि आयोगले सूचना मार्फत त्यस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।

आयोगले प्रचारप्रसारसम्बन्धी सबै किसिमका सामग्रीहरु हटाइ उक्त स्थानहरुलाई पूर्ववत अवस्थामा कायम राख्न निर्देशन दिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट