२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका रामचन्द्र पौडेल तनहुँ-१ मा पराजित

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

तनहु २४ मंसिर । तनहुँ क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् ।

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेल यसपटक एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका किशान श्रेष्ठसँग पराजित भएका हुन् ।

किशान श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएर तनहु १ मा आफ्नो जित सुनिश्चित गरे भने रामचन्द्रले २७ हजार ६ सय ८९ मत पाए । रामचन्द्र श्रेष्ठसँग ६ हजार ८ सय मतअन्तरले पराजित भएका हुन् ।

यो पनि पढ्नुहोस्
तनहुँमा रामचन्द्र पौडेललाई बामगठबन्धनका कृष्णकुमारले पछि पारे


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट