प्रकाशको सम्झनामा गीत गाउँदै ढलेका पाख्रिनको निधन

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

काठमाडौं, ५ मंसिर । चितवनमा एमाले र माओवादी केन्द्रको वामगठवन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाउँदा गाउँदै ढलेका जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिनको निधन भएको छ ।

गीत गाउँदा गाउँदै ढलेपछि पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । मष्तिस्कघात भएका पाख्रिनको अस्पताल पुर्याउनेबित्तिक निधन भइसकेको चिकित्सकले जनाएका छन् ।

२०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका पाख्रिन भरतपुर महानगरपालिका-१९ का बासिन्दा हुन् । आज भरतपुर-९ को हाकिमचोकमा वामगठबन्धनको चुनावी सभालाई प्रचण्डपुत्र प्रकाशको मृत्युपछि श्रद्धान्जलीसभा परिणत गरिएको थियो । त्यही सभामा गीत गाउँदा गाउँदै पाख्रिन ढलेका थिए । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

यो पनि पढ्नुहोस् :
मञ्चमै भक्कानिएर रोए पुत्रवियोगमा रहेका दाहाल दम्पती


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट