मञ्चमै भक्कानिएर रोए पुत्रवियोगमा रहेका दाहाल दम्पती

प्रकाशको श्रद्धाञ्जली सभामा गीत गाउँदै ढले जनगायक खुसीराम पाख्रिन

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

काठमाडौं, ५ मंसिर । संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीतासँगै चितवन पुगेका छन् । पुत्रवियोगमा रहेका दाहाल दम्पतीसँगै दिवंगत छोरा प्रकाशकी पत्नी बिना मगर पनि चितवनको चुनावीसभामा सहभागी भएकी छन् ।

गत आइतबार हृदयाघातका कारण प्रचण्डका एक्ला छोरा प्रकाशको अल्पायु मै निधन भएको थियो । चितवनको बसपार्कमा भएको चुनावीसभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले सम्बोधन गरि रहँदा मञ्चमा रहेका दाहाल दम्पती निकै भावुक अवस्थामा देखिए । चुनावी सभामा सहभागी पनि प्रचण्डले सम्बोधन नगर्ने उनको निजी सचिवालयले जनाएको छ।

यसैबीच चितवनमा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिन बेहोस भएर ढलेका छन् । प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदै गरेका जनगायक पाख्रिनलाई हृदयघात भएको जनाइएको छ ।

कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेता रामबहादुर थापा बादललगायत एमाले र माओवादीका नेताहरु सहभागी थिए । गीत गाउँदा गाउँदै अचानक ढलेका पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस् :
छोरा प्रकाशको निधनको खबर सुन्दा थचक्कै भुइँमा बसेका थिए प्रचण्ड


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट