हृदयघात भएका प्रचण्डपुत्र प्रकाश दाहालको निधन

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

काठमाडौं, ३ मंसिर । हृदयघात भएर काठमाडौंको नर्भिक अस्पताल पुर्याइएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ ।

आइतबार बिहान करिब पाँच बजेतिर हृदयघात भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै प्रकाशको मृत्यु भएको बताइएको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।

घरमै अचेत भएका प्रकाशलाईबिहान सवा ५ बजेतिर नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही बेरमै चिकित्सकहरुले प्रकाशको निधन भइसकेको बताएका थिए ।

थप जानकारीका लागि यो पनि पढ्नुहोस् :
प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट