प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात, झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्कंदै

प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात भएको छ । बिहान करिब५ बजेतिर प्रकाशलाई हर्ट अट्याक भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका प्रकाशको अवस्था गम्भीर रहेको बताइएको छ । आज पूर्वाञ्चलमा आयोजना हुने वामगठवन्धनका संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोरा प्रकाशलाई हर्ट अट्याक भएको खबर पाएलगत्तै हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन् ।

चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि अहिले नै काठमाडौं आउँदैछन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । अस्पताल स्रोतका अनुसार अनको अवस्था गम्भीर रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट