रिपोर्टर नेपाल समाचार
राजविराज, ८ कात्तिक । यस वर्षको दशैँमा सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ भारदहस्थित कंकालनी भगवती मन्दिरमा १४ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ । कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जनाए अनुसार बलीसहित विभिन्न शीर्षकमा १९ लाख २३ हजार आठसय ६० रुपैयाँ आम्दानी भएको हो ।
दशैँको पूजापाठ र मेला व्यवस्थापनमा चार लाख ९२ हजार २१ रुपैयाँ खर्च कटाउँदा भएको १४ लाख ३१ हजार आठसय ३९ रुपैयाँ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ ।