महासंघद्वारा गौचनको हत्यारा पत्ता नलागेसम्म बोलपत्रमा भाग नलिन निर्देशन

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । गत सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागि निधन भएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता लगाइ कडा कार्वाही गर्न नेपाल निर्माण व्यवासायी महासंघले सरकारसँग माग गरेको छ । महासंघले हत्यारा पत्ता नलागेसम्म सरकारी बोलपत्रमा भाग नलिन सदस्य प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

निर्देशन अवज्ञा गरी बोलपत्रमा भाग लिए कार्वाही गर्ने महासंघले सदस्य प्रतिष्ठानलाई चेतावनी समेत दिएको छ । त्यस्तै महासंघले व्यवसायी गौचनलाई सहिद घोषणा गर्न समेत माग गरेको छ । प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट