२ नम्बर प्रदेशका ८ जिल्लामा मतदान जारी

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

वीरगन्ज, २ असोज । २ नम्बर प्रदेशका ८ जिल्लामा तेस्रो चरणअन्तर्गतको स्थानीय तह चुनावका लागि अहिलेमतदान चलीरहेको छ । २ नम्बर प्रदेशका ८ जिल्लाका मतदाताहरु बिहानैदेखि मतदान गर्न लाइनमा लागेका थिए ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको २ नम्बर प्रदेशका ८ जिल्लामा अहिले मतदान कार्य भइरहेको छ । गत राति परेको वर्षाका कारण मतदान स्थलहरुमा केही असर परे पनि अहिले सबै जिल्लाहरुमा मतदान भइरहेको छ ।

२६ लाख ६४ हजार ९ सय ५० मतदाता रहेको २ नम्बर प्रदेशमा स्थानीय तह चुनावमा लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ६ सय ७८ मतदान केन्द्र तोकिएका छन् । १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको २ नम्बर प्रदेशमा आजको निर्वाचनबाट १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयन हुनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट