स्वाइनफ्लुबाट पनौतीमा एक महिलाको मृत्यु

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

धुलिखेल, ३० भदौ । आज स्वाइनफ्लु रोगको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वाइनफ्लुुका कारण पनौती नगरपालिका–७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.अर्जुन सापकोटाका अनुसार मृतक नेवा केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएकी थिएन । चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको डा.सापकोटाले जानकारी दिए ।

डा.सापकोटाले थप संक्रमण फैलिन नदिनका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीन जनाको टोली खटाइएको जनाए । टोलीले त्यहाँका मानिसमा रगत परीक्षणलगायका स्वास्थ्य परीक्षणको काम गर्ने र त्यहाँका अन्य घरमा मानिस बिरामी छन् छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् छैनन् भन्ने जानकारी समेत लिनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट