दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासी वृद्धि

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

सिन्धुली, भदौ ५ । दशैँ/तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।

सदरमुकाम सिन्धुलीमाडी, दुधौली, खुर्कोट, कपिलाकोट, झागाझोलीलगायतका प्रमुख बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासी वृद्धि भएका कारण सिन्धुलीका उपभोक्ता समस्यामा परेका हुन् ।

उपभोक्ताहरुले सरकारी निकायले नियमित बजारमा नाप तौलका सामानको अनुगमन तथा निरीक्षण नगर्दा व्यापारीले मूल्यवृद्धि गरेको आरोपसमेत लगाएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट