रिपोर्टर नेपाल समाचार
सिन्धुली, भदौ ५ । दशैँ/तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा एक्कासी वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेका छन् ।
सदरमुकाम सिन्धुलीमाडी, दुधौली, खुर्कोट, कपिलाकोट, झागाझोलीलगायतका प्रमुख बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासी वृद्धि भएका कारण सिन्धुलीका उपभोक्ता समस्यामा परेका हुन् ।
उपभोक्ताहरुले सरकारी निकायले नियमित बजारमा नाप तौलका सामानको अनुगमन तथा निरीक्षण नगर्दा व्यापारीले मूल्यवृद्धि गरेको आरोपसमेत लगाएका छन् ।