रिपोर्टर नेपाल समाचार
काठमाडौं, १९ पुस । गएराती अज्ञात समूहले गोली प्रहार गरी पाँच लाख लुटेर फरार भएका छन् । क्रितेश मनी मनीचेन्जरका सञ्चालक विराटननगर-१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।
राती ८:३० बजे तिर ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका साहमाथि गोली प्रहार गरी साथमा रहेको पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अज्ञात लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।