रिपोर्टर नेपाल समाचार
काठमाडौं, १८ पुस । आज दिउँसो १ बजेको बैठकमा प्रमुख प्रतिपक्षीसहित नौं विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।
प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाए पछि सभामुख ओनसरी घर्तीमगरले अर्को बैठक अपरान्ह चार बजे सम्मकालागि स्थगित गरेकी छन् ।
संसदमा जारी गतिरोध अन्त्यका लागि सोमबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरुले बैठक बसेका थिए । बैठकमा कुनै सहमति नभएपनि छलफल सकरात्मक रहेको नेताहरले बताएका थिए ।