भारतले प्याज निर्यात खुकुलो गरेसँगै मूल्य घट्यो

प्रकाशित मिति: २१ पुष २०७७, मंगलवार

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस १७ गते अर्थात अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो ।

देशमा उत्पादन बढेपछि भारतले नेपाललगायत श्रीलंका, बंगलादेश, सिंगापुरमा प्याज निर्यात खुल्ला गरेको हो । हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका छन् भने बाँकी चीन र नेपालमा नै उत्पादित प्याज प्रयोग हुने गरेको छ ।

पर्याप्त मात्रामा भारतबाट प्याज आयात भएपछि पछिल्लो समय यसको मूल्य विस्तारै घट्न थालेको छ । प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ ।

यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि ७० मा कारोबार भइरहेको थियो । यसैगरी पुस १० गते प्रतिकिलो रु ७० देखि ८० सम्म कारोबार भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट