रिपोर्टर नेपाल समाचार
काठमाडौं । प्रहरीले काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको छ ।
मृतकको टाउको र खुट्टा सुटकेशभन्दा दुई सय मिटरको दूरीमा जेब्रा झोलामा भेटिएको छ । सुटकेशबाट रगत बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हत्या गरिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।