रिपोर्टर नेपाल समाचार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य बढेर ८८ हजार ६ सय रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ८७ हजार सात सयमा कारोबार भएकोमा आज तोलामा ९ सय रुपैयाँले बढेर ८८ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।