रिपोर्टर नेपाल समाचार
काठमाडौं, १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सोमबारबाट तरार्इ मधेसका जिल्लाहरुमा विरोध प्रर्दशन गर्दैछ ।
संविधान संशोधन नगरी हुने निर्वाचनको कुनै मान्यता नहुने भन्दै उनीहरुले विरोधको आयोजना गरेका हुन् ।
सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन गरी पारित नगरिएसम्म कुनैपनि तहको निर्वाचन मान्य नहुने भन्दै मोर्चाले विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।
मोर्चाले लामो समय देखि संविधान संशोधन परिमार्जनको माग गर्दै आएको छ ।