रिपोर्टर नेपाल समाचार
कास्की । अन्नपूर्ण आधार शिविरमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका आफ्ना नागरिकको खोजी तथा उद्धारका लागि कोरियाली उद्धार टोली घटनास्थलतर्फ जाने भएको छ ।
अन्नपूर्ण आधारशिविर एबीसी पदमार्गमा गएको शुक्रबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली र चार जना कोरियाली सम्पर्कविहीन भएका थिए । कोरियाली उद्धारकर्मीको टोली आइतबार बेलुका नै पोखरा पुगिसकेको छ ।
पोखराबाट शनिबार खोजीका लागि गएको नेपाली उद्धारटोलीले मौसम खराब भएका कारण राम्रोसँग खोजी गर्न र उनीहरुको अवस्था पत्ता लगाउन समस्या भएको जनाएको थियो ।