एजेन्सी
काठमाडौं । आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको छ ।
ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै अब ग्रीन कार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुने गरी ट्रम्प प्रशासनले भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गर्ने तयारी गरेको हो । यसबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित भएका बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताएका छन् । अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताइएको छ ।
भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ ।