रिपोर्टर नेपाल समाचार
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएको छ।
समायोजन गरिएको नयाँ मूल्यअनुसार एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौंको हकमा) एक हजार ३७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।
निगमले एलपी ग्यासको मूल्य घटाए पनि पेट्रोलमा प्रतिलिटर एक र डिजेलरमट्टितेलमा ५० पैसा मूल्य बढाएको छ ।
नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।