रिपोर्टर नेपाल समाचार
काठमाडौं, ८ जेठ । नेकपा सांसद् महेश बस्नेतले सत्ता स्वादबाहिर बस्न नसक्ने कांग्रेसले छाँया सरकार गठन गरेको भन्ने बुद्धिजीविहरुको तर्कप्रति आफू सहमत नभएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद् बस्नेतले कांग्रेसले गठन गरेको छाँया सरकारप्रति कडा व्यंग्य गर्दै कांग्रेसले सरकारसँग संवाद र सहकार्यको अभियानलाई अगाडि बढाउन छाँया सरकार गठन गरेको टिप्पणी गरेका छन् ।