रिपोर्टर नेपाल समाचार
कपिलवस्तु, ९ चैत । प्रहरीले शनिबार बिहान एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित रिजवान मुसलमानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका रिजवानको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाको ओछ्यानको तल एक थान म्यागजिन र कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं ४ चनईका २४ वर्षीय रिजवानलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।