रिपोर्टर नेपाल समाचार
काठमाडौं, १३ पुस । डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साल फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त भएका छन् । लम्साललाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई उक्त पदमा राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।