रिपोर्टर नेपाल समाचार
बागलुङ, १२ पुस । चरेशको अवैध उत्पादन र बेचबिखन बढी हुने निसीखोला क्षेत्रमा अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिकाका ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् । सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना४ख ९२०९ नं.को बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालयको टोलीले नियमित चेकजाँचका क्रममा घर्तीमगरलाई चरेशसहित फेला पारेको हो । पक्राउ परेका घर्तीमगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।