रिपोर्टर नेपाल समाचार
बारा, ११ पुस । बाराको कूल ६९ हजार नौसय ६३ हेक्टर क्षेत्र कृषियोग्य क्षेत्र रहेकामा ६२ हजार आठसय २३ हेक्टर क्षेत्रमा मात्र खेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार बारामा सात हजार एकसय ४० हेक्टर क्षेत्र बाँझो रहेको छ ।
जिल्लामा एक हेक्टर क्षेत्रभन्दा कम जग्गा हुने ९४ हजार तीनसय २४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३ हजार छसय ५६ घरधुरी तथा जग्गा नहुने छसय ६३ घरधुरी रहेको उनले जनाए ।
सरकारले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याएकामा त्यससम्बन्धी ऐन कानून नभएकाले घोषित अवधारणा कार्यान्वयन हुन नसकेको बताइएको छ ।