रिपोर्टर नेपाल समाचार
ललितपुर, २२ मंसिर । नेपाल प्रहरीको आइजिपी बन्न नपाएपछि डिआइजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ मा अग्रता लिएका छन् ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका नवराज सिलवालले ४ सय ७७ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका उदयशमशेर जबराले ४ सय १४ मत प्राप्त गरेका छन् ।