रिपोर्टर नेपाल समाचार
धर्म मानन्धर
नेपालगञ्ज, १५ मंसिर । ड्याट्सन ब्राण्डको नयाँ मोडलको गाडी हिजो नेपालगञ्जमा सार्वजनिक भएको छ । नेपालको लागि अधिकृत बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले ड्याट्सन ब्राण्डको उक्त गाडी एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य महासंघका अध्यक्ष नन्दलाल वैश्य, नेपालगञ्जको डिलर देव मंगल इन्जिनियरिङ्ग प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठलगायतका जिल्लाका वरिष्ठ उद्योगीहरुको सहभागितामा केक काटेर सो गाडी सार्वजनिक गरिएको हो । कार्यक्रममा देव मंगल इन्जिनियरिङ्ग प्रा.लि.का निर्देशक विवेककुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । नेपालको लागि अधिकृत बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.को नेपालगञ्जको डिलर देव मंगल इन्जिनियरिङ्ग प्रा.लि.ले ड्याट्सन ब्राण्डको पर्खाईको ड्याट्सन रेडि–गो वान ओ.एल.गाडी नेपालगञ्जका ग्राहकहरुलाई लक्षित गरी बिहिबारदेखि बिक्री वितरण समेत सुरु गरेको उक्त डिलरका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए ।
डिलरका सिनियर म्यानेजर प्रशान्त उपाध्यायले नेपाली बजारमा सुहाउदो उक्त कारमा अन्य कारभन्दा केहि सुविधा भएको जनाए । उपाध्यायले उक्त गाडीमा दुई किसिमका रेडि गो टि जिरो र रेडि गो एस मोडलमा नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस ईन्ट्री, ब्लयाक ईन्टेरियर, हर्न इपाड, पवर स्टेरिंग, पावर विन्डो, चाँदी कलरमा एसी र ग्राहकको सुरक्षाको लागि एयर ब्याग समेत सुविधा भएको बताए ।
चाँदी, खैरो, सेतोलगायतका कलरहरु उपलब्ध भएको उक्त कारको मूल्य १९ लाख ४९ हजार देखि २० लाख ४९ हजार मूल्यका रहेका छन् । उक्त गाडी किन्दा ग्राहकहरुलाई एक लाखसम्मको छुट, एक्सचेन्ज सुविधा, एक वर्षको निशूल्क सडक कर, तीन वर्षको वारेन्टी र तीन वर्षको निःशूल्क सर्भिसिङ उपलब्ध हुने सिनियर म्यानेजर उपाध्यायले बताए ।
एक हजार सीसीको उक्त गाडीको माईलेज प्रतिलिटर २२.५ किलोमिटर हुने उपाध्यायले जनाए । उक्त गाडीको मूल्य सस्तो, स्पेयर पार्ट्स सर्व सुलभ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षण लुक्समा उपलब्धमा भएको जनाइएको छ । पायोनियर मोटो कर्पले ड्याट्सन ब्राण्डका कारहरु हाल १३ वटा डिलरहरु मार्फत नेपालभरी बिक्री वितरण तथा सेवा प्रदान गर्दै आइरहेको छ ।