राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार

काठमाडौं, २९ असोज । आज राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ११३ बमोजिम १० विधेयक प्रमाणीकरण गरिएको छ । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार संचालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ विधेयक प्रमाणीकरण गरिएको हो ।

राष्ट्रपतिद्वारा उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट