रिपोर्टर नेपाल समाचार
काठमाडौं, २७ असोज । सरकारले सोमबार नयाँबानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई शहीद घोषणा गरेको छ । व्यवसायी गौचनलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
निर्माण व्यवसायीहरुले गौचनलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका थिए । बिहीबार शेरचनको अन्त्यष्टी गर्नुअघि सरकारसँग शेरचनलाई शहीद घोषणा गर्ने सहमति भएको थियो ।