रिपोर्टर नेपाल समाचार
पर्सा, ३ असोज । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा अबेर रातिदेखि सुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित एमालेका पाँचै जना विजयी भएका छन् ।
अन्सारीले ४ सय ९० मत हासिल गर्दै वडाध्यक्षमा जिेतेका हुन् । अन्सारीले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका सुलमान मियाँ दर्जीलाई १ सय ८५ मतको अन्तरले पराजित गरे । उनका प्रतिद्वन्दी दर्जीले ३सय ५ मत हासिल गरेका थिए ।