एजेन्सी
मेक्सिको । मेक्सिकोमा शक्तिशाली भूकम्पका कारण २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको तटीय क्षेत्रमा गएको ८ म्याग्निच्युडको भूकम्पका कारण सयौं किलोमिटर टाढाका मेक्सिको सिटीका भवनहरुसमेत हल्लिएका थिए।
भूकम्पपछि मेक्सिका, ग्वाटेमाला, अल सल्वाडोर, कोस्टारिका, निकारागुआ, पनामा, होन्डुरस र इक्वेडरलगायतका ८ वटा देशमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पले हल्लाएरपछि मानिसहरु दौडेर घर बाहिर निस्केका थिए ।